Incident Reports

जसपा कार्यकर्ताले जलाए ठाकुर र ओलीको पुत्ला

2021-05-26

Madhes, Siraha, Sakhuwanankarkatti

जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पुत्ला जलाएका छन् । सिरहाको सखुवानन्कारकट्टीमा प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरको पुत्ला जनाएका हुन् ।

प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर पनि प्रतिगामी भएका हुनाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका स्थानीय नेता दीपेश यादवले बताए । जसपा नेपालका अध्यक्ष ठाकुर प्रधानमन्त्री अ‍ोलीलाई साथ दिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाएका छन् ।एउटै पार्टी सत्ता समीकरणका लागि विभाजित अवस्थामा पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताले एक अर्कामाथि आरोप लगाएर विरोध गरिरहेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Janata Samajbadi Party
Actor 2 - Youth unknown
National/Online Media

0 Comments