Incident Reports

वीरगञ्जमा डीएसपीको दादागिरी : मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

2021-05-26

Madhes, Parsa, Birgunj, Ward 8

न्युज अफ नेपाल, वीरगञ्ज ।वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन् । दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन् ।

बुधबार बिहान साढे १० बजेतिर उक्त घटना भएको पसल सञ्चालक करन पटेलले बताए । कर्मचारी अप्रोजको मोवाईल समेत प्रहरीले जफत गरेको उनले बताए । यद्यपि वीरगञ्ज प्रहरीले भने यसअघि प्रहरीमाथि हातपात भएको भिडियो अप्रोजले बनाएका कारण उनलाई कुटपिट गरिएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured n/a
Total damaged Buildings 00
National/Online Media

0 Comments