Incident Reports

No translation available.

2014-07-11

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७१ असार २७ गते दिक्तेल नपा-२ की ३२ वर्षीय रञ्जना दाहालले पति ३४ वर्षीय अर्जुन दाहाल विरुद्ध कुटपिट गरेको आरोपमा कारबाहीको माग राखी असार २६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् । पतिले रतन्छा गाविस-८ की २४ वर्षीय अम्बीका राईसँग दुई महिनाअघि विवाह गरेपछि एकआपसमा मिलापत्र गरी एकाघरकै १ कोठामा २ छोरी सहित आफू छुट्टएिर बसेको र अर्को कोठामा पति र सौता बस्दै आएकोमा असार २४ गते ११ वर्षीय जेठी छोरी र आफूलाई पतिले कुटपिट गरी घाइते बनाएपछि उजुरी दिनुपरेको पीडितले बताईन् । पतिले छोरीलाई कुटपिट गरेपछि सोही विषयमा विवादहुँदा पतिले कुटेर घाइते बनाएको पीडितको भनाई छ । पीडितको उजुरीको आधारमा आरोपितलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis