Incident Reports

No translation available.

2014-07-11

Province 1, Ilam, Sandakpur

Arjun Basnet झापा । ०७१ असार २७ गते कन्काई नपा-७ की २३ वर्षीया मञ्जु गहतेको हत्या गरेको आरोपमा पति २७ वर्षीय उमानाथ गहतराज (विश्वकर्मा)लाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार, आरोपितले असार २६ गते राती कुटपिट गर्दा घटनास्थलमै हत्या गरेका थिए । आरोपितले असार २७ गते बिहान स्थानीयवासीहरूलाई पत्नीको कालगतिले मृत्यु भएको भन्दै खबर गरेका थिए । उनले मलामी भेला पारी दाहसंस्कारको लागि कन्काइ नदीमा लगेका थिए । मृत्यु शंकास्पद भएको भन्दै मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर गरेपछि प्रहरी चौकी सुरुङ्गाबाट घटिएको प्रहरीले घाटबाटै लास नियन्त्रणमा लिई गहतराजलाई गिरफ्तार गरेको थियो । प्रहरीले लास पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगेको थियो । घटनाको विषयमा प्रहरीले आरोपितलाई सोधपुछ गर्दा यौनसम्पर्क गर्न नदिएको विषयमा आफूले कुटपिट गर्दा पत्नीको मृत्यु भएको बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर भूपेन्द्र गिरीले बताए । आरोपितले घटनालाई ढाकछोप गर्नको लागि गाउँमा पत्नीको अचानक मृत्यु भएको भन्ने वहाना बनाई हल्ला गर्दै घटनालाई ढाकछोप गर्न खोजेको इन्स्पेक्टर गिरीले वताए । लासको पोस्टमार्टमपछि परिवारले असरा २७ गते अपराह्न दाहसंस्कार गरेका छन् । आरोपित गहतराजलाई इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis