Incident Reports

वीरगंजमा संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

2021-05-27

Madhes, Parsa, Birgunj

वीरगन्ज, १३ जेठ । प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्धमा पर्साका विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र अगाडि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाल कांग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम र नेविसंघका कार्यवाहक अध्यक्ष विकेस पटेलको नेतृत्वमा रहेका विद्यार्थीहरुले नारावाजी गर्दै पुत्ला जलाएका हुन् ।

असंवैधानिक कदमको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको जनाएका छन् । उनीहरुले सडकमा नारावाजी सहित जुलुश प्रदर्शन गरेका छन् ।

जुलुश प्रदर्शनमा अखिल क्रान्तिकारीका पर्सा सदस्य रामबाबु मण्डल, महानगर अध्यक्ष विवेक साह लगायतको सहभागिता रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments