Incident Reports

No translation available.

2014-07-11

Province 1, Khotang, Diprung

DM Chamling Rai खोटाङ । ०७१ असार २८ गते अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरी फालेको आरोपमा याम्खा गाविस-५ की २८ वर्षीया उमिता परियारलाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ । उनका पति डेढ वर्षअघि वैदेशिक रोजगारीमा गएको समय परपुरुषसँगको अवैध सर्म्पर्कबाट असार २७ गते बिहान जन्मिएको बच्चालाई हत्या गरी मकैबारीमा फालेको स्थानीयवासीले जानकारी दिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्स्पेक्टर लालबावुप्रसाद शाहले बताए । आरोपितले बच्चा जन्मिन साथ हत्या गरी प्लाष्टिकमा पोको पारी फालेकी थिईन् । अवैध सम्बन्ध राख्ने पुरुष बारे खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर शाहले बताए । हत्या गरिएका शिशुको लास पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेल ल्याईँदै गरेका जिल्ला प्रहरी कार्यालयले जनायो । आरोपितको दुई जना नाबालक छोराछोरी रहेका छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis