Incident Reports

No translation available.

2014-07-12

Karnali, Dailekh, Chamunda Bindrasaini

Yagya Raj Thapa दैलेख । ०७१ असार २९ गते जम्वुकांध गाविस-२ की ३६ वर्षीया तुलसी शाहीको पती ३८ वर्षीय झक्कबहादुर शाहीले असार २८ गते राती ढुङ्गा प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादलाई लिएर मदिरा सेवन गरेका झक्कबहादुरले मसला पिस्ने ढुङ्गाको लोहोरोले टाउकोमा हिर्काउँदा पत्नी तुलसी घटनास्थलमै मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकका पाइती पक्षले घटनाको विषयमा प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीले घटनास्थलको र्सजमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले पत्नीको हत्या गरी फरार भएका झक्कबहादुरलाई असार २९ गते दिउँसो सोही गाविसमा लुकी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis