Incident Reports

No translation available.

2014-07-13

Chhetu Sherpa सङ्खुवासभा । ०७१ असार २९ गते सिमावर्ती किमाथाङका गाविसका २ वर्षमुनिका बालबालिका नियमित खोपबाट दुई महिनादेखि वञ्चित बनेका छन् । स्थानीय स्वास्थ्य चौकी वैशाख महिनादेखि बन्द भएपछि गाविसका सय बढी बालबालिकाले लगाउनु पर्ने नियमित खोप पाउन नसकेका हुन् । स्थानीयवासी अभिभावकले तत्काल सेवा सुचारु गरी खोपलाई निरन्तरता दिन माग गरेका छन् । स्थानीयवासीहरुको टोलीले असार २२ गते प्रमुख जिल्ला अधिकारी समक्ष समेत स्वास्थ्य सेवा पाउन नसकेको भन्दे तत्काल प्रभावकारी स्वास्थ्य सेवा दिलाई दिन माग गरेका छन् । नौ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल अहेब गणेश सिंह मात्र रहेको छन् । उनी पनि सदरमुकामनै बस्दै आएकाले सेवा पाउन नसकेको स्थानीयवासी तेनछेवि शेर्पाले बताए । किमाथाङकामा स्वास्थ्य सेवा बन्द भएपछि सामान्य प्रकृतिका बिरामी उपचारका लागि चीन जानु पर्ने र हेलिकप्टर चार्टर गरेर काठमाडौँ जान बाध्य भएको स्थानीयवासी दावा नावाले बताए । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर मदनकुमार उपाध्यले भने बन्द रहेको स्वास्थ्य संस्थामा कर्मचारी थप गरी तत्काल सूचारु गर्ने बताए । किमाथाङका सदरमुकाम खाँदबारी देखि ५० कोष टाढा पर्छ । छेटु शेर्पा

0 Comments