Incident Reports

No translation available.

2014-07-12

Karnali, Dailekh, Gurans

Yagya Raj Thapa दैलेख । ०७१ असार २९ गते लालीकांडा गाविस-७ ओखरेनी भन्ने स्थानमा असार २८ गते दिउँसो बेवारीसे अवस्थामा रहेको एक थान ग्रिनेट बम फेला परेको छ । गोठाला गएका बालबालिकाले बम फेला पारेको र प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले बेवारीसे अवस्थामा फेला परेको सो बमको सुरक्षा प्रहरी चौकी रानीमत्ताबाट खटिएका प्रहरी टोली गरिरहेको बताए । बम निस्कृय गर्नका लागि नेपाली सेनाको समरसुर गुल्म दैलेखसँग सहयोग मागिएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis