Incident Reports

काठमाडौंमा कुटपिटबाट एक पुरुषको मृत्यु

2021-06-02

Bagmati, Kathmandu, Gokarneshwor, Ward 8

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक पुरुषको कुटपिटबाट मृत्यु भएको हो।प्रहरीका अनुसार गोकर्णेश्वरमा वडा नम्बर १ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गोकर्णेश्‍वर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।

प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा बुधबार नै मृत्यु भएको हो। कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports