Incident Reports

बालिकालाई बलात्कार गरेको अरोपमा उजुरी l

2014-07-14

Sudurpashchim, Dadeldhura, Ganayapdhura

Rajendra Thagunna एक ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अस्रि्राम गाविस-५ मटेला बस्ने ५८ वर्षीय पदम बहादुर देउवा विरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दर्ता भएको छ । मामाघरमा बसेर कक्षा एकमा अध्ययनरत पीडित बालिकालाई पानी परेकोले विद्यालय नगई घरमै बसेको समयमा असार २३ गते दिउँसो आरोपितले ललाईफकाई बलात्कार गरेको पीडितका आफन्तले बताए । पीडित बालिकाको असार ३० गते उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा स्वास्थ्य परीक्षण गरी महिला मुक्ति समाज, डडेल्धुराको सेफहाउसमा राखिएको छ । आरोपित फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सहायक निरीक्षक करविर ऐरले बताए ।

0 Comments