Incident Reports

बलात्कारको आरोपमा २ वर्ष ६ महिना कैद फैसला l

2014-07-14

Province 1, Sankhuwasabha, Panchakhapan

Chhetu Sherpa एक ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वाना गाविस-१ का ४१ वर्षीया चन्द्रकुमार पुरीलाई जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको असार ३० गतेको इजालसले २ वर्ष६ महिना कैद फैसला सुनाएको छ । अदालतको फैसलापछि आरोपित जिल्ला कारागार खाँदबारीमा जेल चलान भएका छन् । आरोपितले पीडितलाई असार १ गते बलात्कार गरेको आरोपमा पीडितले असार २ गते उजुरी प्रहरीमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय चैनपुरले आरोपितलाई असार ३ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । पीडितको स्वास्थ्य जाँच प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार ३ गते भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis