Incident Reports

No translation available.

2014-07-14

प्रकाशपुर गाविस-३ का ४३ वर्षीय शम्भु चन्द्रवंशीलाई आफ्नै १२ वर्षीया छोरीको हत्या गरेको आरोपमा जिल्ला अदालत सुनसरीले असार ३० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले आरोपित शम्भुलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाएको हो । उनले १२ वर्षीया छोरी सोनी चन्द्रवंशीको हत्या गरेको भन्दै उनीविरुद्ध छिमेकी विजय चन्द्रवंशी लगायत आठ जनाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा असार ५ गते जाहेरी दर्ता गरेका थिए । जाहेरी दर्ता गराएकै दिन इलाका प्रही कार्यालय महेन्द्रनगरले आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो । जेठ २ गते घरबाट बेपत्ता भएको भनिएकी सोनीको लास चार दिनपछि जेठ ५ गते स्थानीय मकैबारीमा फेला परेको थियो । लासको पोष्टमार्टम जेठ ६ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis