Incident Reports

उपप्रधानमन्त्री महत्तोको राजिनामा माग गर्दै नेविसंघद्वारा रौतहटमा प्रदर्शन

2021-06-11

Madhes, Rautahat, Chandrapur

रौतहट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटले उपप्रधानमन्त्री राजेन्द्र महतोको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गरेको छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सो प्रदर्शनमा उपप्रधानमन्त्री महत्तोले वहुल राज्य हुनुपर्छ भन्दै देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै तत्काल उनले राजिनामा दिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।

नेपालीहरुमा सदियौँदेखि विविधता बीचमा पनि एकता कायम रहिरहेकोमा उपप्रधानमन्त्री महत्तोले सोएकता भाड्ने अभिव्यक्ति दिएकाले त्यस्ता व्यक्तिलाई एकछिन पनि सरकारमा बस्न नैतिकताले नदिने भन्दै तत्काल राजिनामा दिनुपर्ने नेविसंघ रौतहटका नेता सुमन गौतमको भनाइ छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफ्नो शत्ता जोगाउने नाममा देश विरुद्ध अभिव्यक्ति दिनेलाई तुरुन्त सरकारबाट हटाउनुपर्नेमा उल्टै संरक्षण दिएर राष्ट्रघात गरेको उनको आरोप छ । त्यसैगरी प्रदर्शनकारीहरुले नेपाल सरकारले वजेट मार्फत ल्याएको चुरे उत्तखनन्को निति खारेज हुनुपर्ने माग पनि गरेका छन् ।

सरकारले व्यापार घाटा कम गर्ने भन्दै चुरे दोहन गरेर तराई मधेसलाई मरभुमीकरण गराउन खोजेको भन्दै चेतावनी स्वरुप विरोध प्रदर्शन गरिएको बताउँदै युवा नेता संगम श्रेष्ठले कामचलाउ सरकारले अध्यादेश मार्फत ल्याएको वजेटमा राखिएको चुरे दोहन निति फिर्ता नलिए झन् कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सो विरोध प्रदर्शनमा मूल्य वृद्धि फिर्ता गर , राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर , चुरे दोहन सम्बन्धी नीति खारेज गर , ’कोभिड १९ को खोपको तुरुन्त व्यवस्था गर, उपप्रधान मन्त्री राजेन्द्र महतो राजिनामा दे, राष्ट्रघाति अभिव्यक्ति फितां गर , नगरिकता बेच्न पाइँदैन बहुल राज्य चाहिँदैन, संसद विघटन खारेज गर लगायतका नाराहरुले लगाइएको नेविसंघका अर्का नेता सुशिल अधिकारीले जानकारी दिए ।

चन्द्रनिगाहपुर स्थित लोकतान्त्रिक चोकमा आयोजित सो पदर्शनमा कोरोनालाई भाइरसको महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि विरोध प्रदर्शन गरिएको र आफुहरुको माग पुरा नभए सरकार विरुद्ध कडा आन्दोलनमा उत्रने नेविसंघका नेता देवराज कार्कीले चेतावनी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments