Incident Reports

No translation available.

2014-07-15

Province 1, Jhapa, Gauriganj

Kokila Dhakal इलाम । ०७१ असार ३१ गते अढाइ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ । बालिकालाई असार २६ गते दिउँसो सिकुवामा सुताइरहेको अवस्थामा बालकले बलात्कार गरेको भन्दै बालिकाकी आमाले असार ३० गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् । आरोपित बालकलाई प्रहरीले असार ३१ गते जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमै रहेको बालमैत्री कक्षमा राखिएको इस्न्पेक्टर कविन्द्र कार्कीले बताए । पीडित बालिकाको असार ३० गतेनै जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण भएको छ । बालिकाको स्वास्थ्य नाजुक रहेकाले औषधी सेवन गराइरहेको र उपचारपछि उनलाई आमासँग घरै पठाइएको कार्कीले बताए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis