Incident Reports

No translation available.

2014-07-17

DM Chamling Ra खोटाङ । ०७१ असार ३१ गते नयाँ पत्रिका दैनिकका सम्वाददाता केदार मगर र स्थानीय हलेसी रेडियोका समाचार वाचक उत्तम चौलागाईलाई नेपाली काङ्ग्रेस खोटाङका जिम्मेवार व्यक्तिहरुले समाचार प्रकाशन/प्रशारण गरेको विषयलाई लिएर धम्की दिएको विषयमा नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले असार ३१ गते विज्ञप्ति निकालेर ध्यानाकर्षा भएको जनाएको हो । असार ३० गते नयाँ पत्रिका दैनिकमा प्रकाशित 'काङ्ग्रेस सभापति राईलाई महिलाद्वारा लुङ्गी उपहार' शीर्षक समाचारको विषयलाई लिएर महासमिति सदस्य रव्रि्रकाश राई, खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थ भट्टराई र जिल्ला सदस्य प्रेमकुमार राईले दुर्व्यवहार गरी धम्की दिएको विषयले सञ्चारकर्मीको स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्ने कार्यलाई अवरोध पुर्‍याउन खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासङ्घका शाखा अध्यक्ष दमन राई र सचिव उजिर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -'समाचारको विषयलाई लिएर सञ्चारकर्मीहरुमाथि धम्की तथा आक्रमणको प्रयास भइरहनुले लोकतन्त्रमाथिको आक्रमण हो । सञ्चारकर्मीहरुलाई उपयोग गरी फाइदा लिन खोज्ने मानसिकताबाट माथि उठ्न आग्रह गर्दै समाचारबाट चित्त नबुझे प्रक्रियागत रुपमा निकाश खोज्न आग्रह गर्दछौं ।' प्रकाशित भएको समाचारको विषयमा मगरलाई उक्त व्यक्तिहरुले आफूविरुद्धको समाचार लेख्ने व्यक्तिमाथि कडा निगरानी र छानबिन गर्ने चेतावनीसहित असार ३० गते धम्की दिएको र चौलागाईलाई आफूहरुले गरेको गतिविधिको समाचार सम्प्रेषण नगरेको र समाचार प्रशारण गर्दा आफूहरुलाई नसोधी प्रशारण नगर्न भन्दै असार ३१ गते धम्की दिएका थिए । यसैबीच, पत्रकार महासङ्घको टोलीले असार ३१ गते काङ्ग्रेस कार्यकर्ताहरुले सञ्चारकर्मीमाथि गरेको दुर्व्यवहारको भर्त्सना गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई ध्यानाकर्षाका साथ ज्ञापनपत्र बुझाएका छन् । सञ्चारकर्मीहरुमाथिको दुर्व्यवहारले देशमा सुशासन स्थापित हुन नसक्ने निष्कर्ष निकाल्दै शान्तिसुरक्षा र छलफलको वातावरण तय गरिदिन ज्ञापनपत्रमार्फ आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ सापकोटाले सञ्चारकर्मीको शान्ति सुरक्षामा कुनै कमी नहुने बताउँदै छलफलको वातावरण तयार गर्ने बताए । डिएम चाम्लिङ राई

0 Comments