Incident Reports

अशक्त बालिकालाई बलात्कार गर्ने गिरफ्तार

2014-07-16

Gandaki, Tanahun, Myagde

Prakash Chandra Bhattarai एक १७ वर्षीया अशक्त बालिकालाई असार ३१ गते बलात्कार गरेको आरोपमो छाङ्ग गाविस-७ का ३५ वर्षीय निशान परियारलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । परियारले बालिकालाई उनकै घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गर्दै गरेको अवस्थाका बालिकाको भाउजुले देखेपछि स्थानीयवासीले अभियुक्तलाई तत्काल नियनत्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोही दिन अभियुक्त परियारलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । बालिकाको साउन ३२ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो । अभियुक्तलाई साउन ३२ गते नै जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप समेत गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमबहादुर श्रेष्ठले बताए । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis