Incident Reports

अन्तरजातीय विवाह गरेको भन्दै छोरालाई बावुको अन्त्येष्टि गर्न दिइएन

2021-06-14

Province 1, Okhaldhunga, Champadevi, Ward 3

ओखलढुंगाः अन्तरजातीय विवाह गरेको आरोपमा चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टिमा दुई छोराहरुलाई सहभागी हुन रोक लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै निधन भएको थियो । वडाअध्यक्ष तामाङले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ । बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो । ‘यदि तिमी र तिम्रो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो, 'शंकरले भने, 'त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’ उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports