Incident Reports

एमाओवादीका कायकर्ताले सामाजिक सुरक्षा भत्ता लुटेको आरोप l

2014-07-16

Sudurpashchim, Bajura, Swamikarti Khapa

गोत्री गाविसमको सामाजिक सुरक्षा भत्ता बापतको २० लाख रकमलाई एमाओवादीका जिल्ला सदस्य र्टाईगर भनिने विमल शाहीको नेतृत्वमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गोत्री गाविसका सचिव राजेश राय यादवले जिल्ला विकास समिति बाजुराबाट गाविसका स्थानीयलाई वितरण गर्न लगेको सामाजिक सुरक्षा रकम साउन १ गते गोत्री गाविस-८ स्थित गोत्रीमा आँखामा खुसार्नीको धुलो फालेर लुटपाट गरेको प्रहरीमा जानकारी गरेका थिए । नाम थाहा नभए पनि रकम सामाजिक सुरक्षा लुट्ने व्यक्तिको हुलिया देखेमा थाहा पाउने सचिव रायले प्रहरीमा बयानका आधारमा प्रहरीले गरेको प्ररम्भीक अनुसन्धानबाट एमाओवादीका जिल्ला कमिटीका सदस्य विमल शाहीको नेतृत्वमा लुटपाट भएको बुझिएकोले प्रहरीले शाहीको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयको इन्स्पेक्टर हिक्मत बोहराले जानकारी दिए । गाविसद्वारा प्रदान गरिने वृद्धवृद्धा, असहाय, एकल महिला, अपाङ्गता लगायतलाई वितरण गर्न गाविस लाँदै गरेको आठ महिनाको भत्ताको रकम लुटिएको प्रहरीले जनायो । दुई वर्षअघि जगन्नाथ गाविसका सचिवले वितरणका लागि लाँदै गरेको ६७ लाख रुपैया समेत लुटपाट भएको थियो । जिल्ला सदरमुकामबाट दुई दिनको पदैल यात्राको दुरीमा गोत्री गाविस रहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis