Incident Reports

धनकुटाको पाख्रिबास नगरपालिकामा नगरसभा चलिरहँदा तोडफोड

2021-06-24

Province 1, Dhankuta, Pakhribas

धनकुटा — नगरसभा चलिरहँदा धनकुटाको पाख्रिबास नगरपालिकामा तोडफोड भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला र नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीको अगुवाइमा तोडफोड भएको नगर प्रमुख बिर्खबहादुर राईले जानकारी दिए ।

तोडफोडबाट नगरपालिका भवनको झ्यालका अधिकांस सीसा फुटेको, ५५ वटा कुर्सी तोडफोड र कार्यालयका गमला फुटाइएको मेयर भण्डारीले जानकारी दिए । ‘दुःखद घटना भएको छ, हामीमाथि आक्रमणको प्रयास गरियो,’ उनले भने, ‘तर हामीले कुनै प्रतिवाद गरेनौं । घटनाबाट कम्तिमा पाँच लाखको क्षति पुगेको छ ।’

वडा भेला नगरी आफूखुसी नगरसभा गरिएकोले आफूहरु विरोधमा उत्रनु परेको उक्त समूहको भनाइ छ । वडाध्यक्ष निरौला, कांग्रेस नगरसभापति भण्डारीसहित जनता समाजवादीका जितेन्द्र माम्पाङ, माओवादी केन्द्रका बलराम खड्का लगायतको समूह तोडफोडमा सामेल रहेको नगरपालिकाको दाबी छ । उनीहरुले नगरसभा स्थगित गरिनु पर्ने मागसहित प्रदर्शन गरेका थिए ।

यसैबीच धनकुटाको महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ६४ करोड ५४ लाख ९५ रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख मञ्जु कार्की अधिकारीले सार्वजनिक गरेको बजेटमा वित्तीय समानीकरणमा १० करोड ३३ लाख, केन्द्र सरकार राजश्व बाँडफाडबाट ७ करोड ५५ लाख १० हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ५८ लाख २८ हजार रकम उल्लेख गरिएको छ । यस्तै, महालक्ष्मी नगरपालिकाले नगरभित्रका एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । श्रीमतीको निधन भएको वा अविवाहित ५० वर्ष माथिका पुरुषलाई उक्त भत्ता दिइने नगर प्रमुख पर्शुराम नेपालले बताए । भत्ता यसै आर्थिक वर्षदेखि वितरण सुरु गरिने उनको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments