Incident Reports

ढुङ्गाले हानेर बाबुको हत्या गर्ने छोरा पक्राउ

2021-06-26

Province 1, Morang, Sunwarshi, Ward 4

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढुङ्गाले हानेको थिए। 

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो । 

टिनतालको आज आइतबार बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार कोसी अस्पतालले भारतको सिलिगुडी अर्थात सुविधा सम्पन्न अरु नै अस्पतालमा रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान सकेनन् । खर्च अभावका कारण थप उपचार पाउन नसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाई बुझाई गर्ने क्रममा बाबु छोरा बिच समान्य विवादले उग्ररुप लिएको थियो ।

विवादपछि रिसईवी साँधेर बसेका दयालुले सुतेको ओछयानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ । बाबुको हत्यामा संलग्न दयालुलाई खड्का नेतृत्वकै टोलीले नियन्त्रणमा लिइसकेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments