Incident Reports

बहुविवाह गरेको आरोपमा गिरफ्तार l

2014-07-20

Province 1, Ilam, Suryodaya

According to the DSP Anupam Samser JBR both has be kept under arrest for further investigation पशुपतिनगर गाविस-९ की ३१ वर्षीया उर्मिला तामाङ्गले बहुविवाह गरेको भन्दै २७ वर्षीय पति फूर्वा तामाङ्ग विरुद्ध कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा साउन ४ गते उजुरी दिएकी छन् । उजुरीपछि फूर्वा तामाङ्ग र कान्छी पत्नी इलाम जोगमाइ गाविस-९ की २० वर्षीया अपेक्षा भनिने सिर्जना विकलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका दुवैलाई साउन ४ गतेनै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानमा राखिएको डिएसपी अनुपम शम्सेर जबराले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis