Incident Reports

वृद्धामाथि कुटपिट गरेर गहना चोरी

2021-06-25

Gandaki, Parbat, Kushma, Ward 4

पर्वत : कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ। पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको थियो।त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो। कलावतीका छोरा सन्तोषका अनुसार आमाले घरभन्दा करिब एक सय मिटर माथि रहेको जंगलको छेउमा बाख्रा चराइरहेको बेलामा अन्दाजी १९-२० वर्षका दुई जना युवाहरूले कानमा लगाएको करिब डेढ तोलाका सुनका मुन्द्रा लुछ्दै कुटपिट गरेका हुन्।

नचिनेका दुई जना युवाले सडकमा मान्छे हिँडिरहेको बेलामा केही बेर आफूसँगै राम्रा कुराकानी गरेर कोही नभएको मौका पारेर कानमा लगाएका गहना लुट्नुका साथै ढुंगा र मुड्कीले आफूले प्रहार गरेको पीडित अर्यालले बताइन्।‘साँझमा बाघले बाख्रा खाइदेला भनेर जंगल छेउमा चरेका बाख्रा लिन गएकी थिएँ। दुई जना आएर कुराकानी पनि गरे। गहना तान्दै पछाडिबाट पिठ्यूँ र टाउकोमा ढुङ्गा र मुड्कीले हाने’, उनले भनिन, ‘टाउकोमा दुई ठाउँमा काटेको छ। मेरो टाउको गिट्टीमा रगडियो। हात भाँचिएको छ।’

छोरा सन्तोषका अनुसार उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने भाँचिएको हात प्लास्टर गरिएको छ। घटनाको विषयमा अनुसन्धान चलिरहेको र शंकास्पदलाई प्रहरी कार्यालयमा उपस्थित गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Secondary Form Assault (small group)
Weapons Other
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments