Incident Reports

बालक छोराको जिम्मा माग्दै पतिविरुद्ध मुद्दा दर्ता l

2014-07-20

Madhes, Saptari, Khadak

बनौली गाविस-६ की ३५ वर्षीया बिलकेस खातुनले पति ४५ वर्षीय सुलजार महम्मदसँग १० वर्षीय छोरा सागिर अली जिम्मा दिन माग गर्दै साउन ४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् । आरोपितले खानलाउन नदिई घरनिकाला गरेपछि जीवन निर्वाह गर्न समस्या परेको भन्दै पीडितले अंश दिलाई पतिसँग सम्बन्ध विच्छेद गरी नाबालक छोरा जिम्मा दिन माग गर्दै उजुरी दिएकी छन् । आरोपितको पीडित तर्फबाट १० वर्षीय छोरा सागिर छन् भने कान्छी पत्नी जुमेदा खातुनतर्फ दुई छोरा अमिर हुसेन र उमर अली छन् । पीडिततर्फो जेठी छोरी ऐसा खातुन र कान्छी पत्नीतर्फो जेठी छोरी गुलेसा खातुनको विवाह भइसकेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis