Incident Reports

संसद् विघटन र जातीय विभेदविरुद्ध गोरखामा राँके जुलुस- गण्डकी

2021-06-30

गोरखा — संसद् विघटन र जातीय विभेदका विरुद्ध यहाँका चार विद्यार्थी संगठनले बुधबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस निकालेका छन् । राँके जुलुस प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको छ।सदरमुकामको बसपार्कबाट राकेँ जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । नाराबाजी गर्दै हरमटारीचोक आएका विद्यार्थीले प्रहरीलाई छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र नेपाल–खनाल निकट अनरेरास्ववियुले संयुक्त रुपमा प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री ओलीबाट पटकपटक न्याय मार्ने कोसिस गरेकाले त्यसकाविरुद्ध आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यार्थी संघका अध्यक्ष सुवास अधिकारीले बताए । जातीय विभेदका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरे ।

पटक–पटकको संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै विद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमकाविरुद्ध आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments