Incident Reports

थाहा खबर: विपक्षी गठबन्धनका विद्यार्थीले मोरङमा पनि जलाए प्रधानमन्त्रीको पुत्ला

2021-06-30

विराटनगर : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले मोरङमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। चार वटा विद्यार्थी संगठनले विराटनगरस्थित तीनपैनी चोकमा बुधबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गर्दै प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघ, एमाले नेता माधव नेपालनिकट अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दोहन गर्दै प्रदर्शन गरेका अनेरास्ववियुका नेता वोसिम आलमले जानकारी दिए।

संगठनको केन्द्रीय निर्णयअनुसार देशभर प्रदर्शन भएको उनले बताए। उनीहरूले सरकारको कामकारबाहीको विरोध गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments