Incident Reports

पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

2021-06-30

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 5

पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।   गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाक कार्यालय , कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो । क्षतिको एकिन विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public) Citizen/Individuals Labor organization, trade unions and other organizations based on economic demands Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 6
National/Online Media

0 Comments

Related Reports