Incident Reports

यौन हिंसामा परेका महिलाहरुको न्यायका सुनिश्चितताका लागि दबाबमूलक धर्ना कार्यक्रम l

2014-07-21

दुई वर्ष देखि यौन हिंसा अन्त्य तथा न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि महिलाहरु, महिला मानवअधिकार रक्षकहरुको अगुवाईमा तथा बलात्कारविरुद्व अभियानमा आबद्घ संस्थाहरुको सकृयतामा महिला दबाबको स्वरुपमा परिवर्तन गर्दै महिला आन्दोलनका १० बुँदे मागहरु कार्यान्वयनका लागि सरकारको जवाफदेहिताका लागि जेष्ठ १९, २०७१ देखि हरेक सोमवार १ घंटे धर्ना दिदै आएका छन् । देशमा एकातर्फ बढ्दो यौन हिंसा अर्को तर्फ द्वन्द्वकालिन समयमा यौन हिंसामा परेका महिलाहरुको न्यायका सुनिश्चितताका लागि महिला मानव अधिकार रक्षकहरु देशभरबाट दबाब दिदै आएका हुन । महिलाहरु लै¨िक समानता तथा लैङ्गिक हिंसा अन्त्यका लागि बनेको विधेयकमा प्रस्तावित बुदाहरुमा समेत सुझाव दिदै आएका छन् । हाल सरकारले १० बुँदे मागहरुका सम्बन्धमा कार्यान्वयनका लागि गरिरहेको काम कारवाहीबारे महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संञ्जाललाई पत्राचार गरेको छ । यसै सन्दर्भमा समेत विचार आदानप्रदान गर्ने गरी महिला मानवअधिकार रक्षकहरुको रािष्ट्रय संञ्जालको अगुवाईमा तथा बलात्कारविरुद्घ अभियानमा आबद्घ संस्थाहरुको सकृय सहभागीता रहयो ।

0 Comments

Related Reports
Related Trend Analysis