Incident Reports

सरकारविरुद्ध जडिबुटीमा नेविसंघको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-07-03

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौँ– राजधानीको जडिबुटीमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ निकट कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत गरेका छन्। प्रदर्शनकारीहरुले मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुतलासमेत जलाएका छन्। त्यसक्रममा उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो।

प्रदर्शनका कारण केहीबेर सडक अवरुद्धसमेत भएको थियो।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments