Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-20

Province 1, Khotang, Diprung

एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाँडागाउँ गाविस-१ का २५ वर्षीय किशोर भुजेललाई जिल्ला अदालत खोटाङले साउन ४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार शाखा दिक्तेल चलान गरिएको छ । असार ७ गते बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ९ गते घरबाट उनलाई गिरफ्तार गरेको थियो । आरोपितलाई जबरजस्ती करणी महल अर्न्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएकोमा जिल्ला अदालतका न्यायधिश इश्वरीप्रसाद गौतमको एकल इजलासले थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताए । अभिभावकहरू खेतमा काम गर्न गएको मौका पारेर बालिकालाई आरोपितले बलात्कार गरेका थिए । घर फर्कदा बालिका रोइरहेको र उनले लगाएको कपडा रक्ताम्मे बनेको तथा यौनाङ्गबाट रगत बगिरहेको देखिएपछि सोधपुछका क्रममा बलात्कृत भएको अभिभावकलाई थाहा भएको थियो । आरोपितविरुद्ध पीडित पक्षले प्रहरी चौकी सप्तेश्वर छितापोखरीमा असार ८ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाइएको थियो । पीडित बालिकाको असार ९ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण भएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis