Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा अस्पतालका प्रबन्ध निर्देशक विरुद्ध जाहेरी दर्ता l

2014-07-21

२२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन अस्पताल, भरतपुरका प्रबन्ध निर्देशक ५६ वर्षीया गोपाल गिरी विरुद्ध साउन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ । आरोपित निर्देशकले साउन २ गते राती साढे १० बजेको समयमा सोही अस्पतालमा नै कार्यरत ड्यूटीमा रहेकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटना २ गतेको भएपनि आरोपित पक्षले अस्पतालभित्र नै मिलाउने प्रयास गरे पनि मिल्न नसकेपछि पीडित पक्षले साउन ४ गते प्रहरीमा ठाडो उजुरी दिएका थिए । प्रहरीले पटक पटक पीडित पक्षलाई जाहेरी लिएर आउन अनुरोध गर्दा पनि छलफल गर्ने भन्दै जाहेरी ल्याउन ढिलाइ गरेका थिए । गिरीलाई साउन ४ गते अस्पतालबाट नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए । आरोपितलाई आजै १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी कोइरालाले जानकारी दिए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis