Incident Reports

हुम्लामा नेविसंघ र अखिल क्रान्तिकारीको सिठी जुलुस

2021-07-08

Karnali, Humla, Simkot

सिमकोट– नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले हुम्लामा सिठी जुलुस निकालेका छन्।सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनीहरुले सिटी जुलुससहित प्रदर्शन गरेका हुन्।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानमाथि हमला गरेको विरोधमा सिठी जुलुस निकालेको नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जोशीले बताए।

नेपाली जनताले ठूलो मूल्य चुकाएर आर्जन गरेको वर्तमान संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले डस्टवीनमा फालेकोले आन्दोलन गर्नुपरेको उनको भनाइ छ।जुलुस सिमकोटस्थित धुपी रुखबाट बजारको परिक्रममा गर्दै लोकतन्त्र चोकमा कोण सभामा परिणत भएको थियो।

सभामा अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य पदम नेपालीले असंवैधानिक सरकारका प्रत्येक कदमको विरुद्ध संयुक्त आन्दोलन जारी रहने बताए।कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य अर्जुन महताराले सरकारले लोकतन्त्रको हरण गर्न खोजेको बताए।

असार २४, २०७८ मा प्रकाशित

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments