Incident Reports

आफूमाथि हातपात भएको कर्मचारीको आरोप, भनाभन मात्र भएको आरोपितको दाबी

2021-07-09

Province 1, Dhankuta, Mahalaxmi

धनकुटा : महालक्ष्मी नगरपालिकाका योजना शाखा प्रमुख ओमविक्रम कटुवालले आफूलाई सेवाग्राहीले हातपात गरेको दाबी गरेका छन्। योजना सम्पन्न गरेको भुक्तानीको फाइल अघि बढाउन ढिलाइ गरेको भन्दै स्थानीय व्यवसायी बलदीप राईले हातपात गरेको कटुवालको आरोप छ। उपभोक्ता समितिको भुक्तानी स्वयं उपभोक्ता समितिले माग गर्नुपर्नेमा डोजर मालिक राईले माग गर्दै आफूलाई ठेलेको कटुवालले दाबी गरे।

‘उपभोक्ता समितिले बलदीप राईको डोजर प्रयोग गरेको रहेछ। नगरपालिकाले भुक्तानी त उपभोक्ता समितिलाई भुक्तानी दिने हो, डोजरवालालाई होइन,’ उनले भने, ‘कहिलेदेखि के विषयको प्रतिशोध साध्न खोजेको हो थाहा भएन। मलाई जनप्रतिनिधिहरुले पनि सहयोग गर्नु भएन।’

यता व्यवसायी बलदिप राईले उपभोक्ताहरु योजना सम्पन्न गरेर भुक्तानी लिन जाँदा प्रक्रिया पुगेका कागजात कटुवालले च्यातेर फालिदिने, हप्काउने र उपभोक्तालाई कति फाइदा भयो? कति कमिशन खानु भयो? भनेर अपमानित व्यवहार गर्ने गरेकाले भनाभन भएको बताए। ‘भनाभन भएको तर, हात हालाहाल भएको होइन,’ उनले भने, ‘हातपात गरेको भए प्रहरी थियो। पक्रिनु पथ्र्यो। घाइते हुनेलाई उपचार हुनुपथ्र्यो।’

राई नेकपा एमाले ओली पक्षका युवा संघ धनकुटाका इन्चार्ज हुन्। उनले योजनाको दुरुपयोग भएको भए अनुगमन हुनुपर्ने र प्राविधिकले काम गलत भएको देखाउनुपर्ने नत्र भुक्तानी दिनुपर्ने माग गरेको बताए। महालक्ष्मीको नगरपालिकाको हलेदे बैकुण्ठे सडकको ठेक्कामार्फत राईले काम गरेका थिए। ठेक्का पार्दा बिलोको १० लाख रुपैयाँ पनि उपभोक्ताको अनुरोधमा त्यही नगरपालिकाले सोही सडकमा हालेको र काम सकेर उपभोक्ताले भुक्तानी लिन जाँदा फाइल अड्काएको राईको आरोप छ।

नगरप्रमुख पर्शुराम नेपालले उक्त दिन आफू नगरपालिकामा नभएको र फोनबाट केही जानकारी लिएको बताए। कर्मचारीलाई कुर्सीबाट निकालेर कुटपिट नभएको तर केही समस्या भएको जानकारी पाएको उनको भनाइ छ। अहिले विवाद समाधान भइसकेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports