Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-21

Gandaki, Kaski, Machhapuchchhre

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा उमनपा-१५ नयाँगाउँका २१ वर्षीय वीरेन भन्ने गुप्तबहादुर आलेलाई जिल्ला अदालतको आदेशमा साउन ५ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आरोपित आलेले बालिकालाई ०७१ जेठ ३० गते घुम्न जाउँ भनी मोटरसाइकलमा लिएर पोखरा उमनपा-१५ बन क्याम्पसको जंगलमा लगेको, सोही राती आफ्नो डेरामा लगेर जुसमा नशालु पदार्थ खुवाई बलात्कार गरेको र जेठ ३१ र असार १ गते पनि घरमा बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिएका थिए । आरोपित आलेलाई प्रहरीले असार १० गते गिरफ्तार गरी जबरजस्तीकरणीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । उजुरी दिए तापनि प्रहरीले दर्ता नगरेपछि पीडितले कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक) को पहलमा असार १७ गते उजुरी दिएकोमा असार १८ गते दर्ता भएको हो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असार ८ गते स्वास्थ्य परीक्षण गरियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis