Incident Reports

बालिकामाथि यौन दुर्व्यवहार कार्यमा संलग्न महिला गिरफ्तार l

2014-07-21

Madhes, Saptari, Rajbiraj

एक १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा राजविराज नपा-१० की ३५ वर्षीया बिनीता यादवलाई प्रहरीले साउन ५ गते गिरफ्तार गरेको छ । रम्पुरा मल्हनिया गाविस-५ घर भइ हाल इटहरी विष्णुपुर गाविस-९ मा बसी कक्षा १० मा अध्ययनरत बालिकालाई आरोपितको संलग्नतामा राजविराज नपा-९ का २९ वर्षीय नवीन देवसहितका पाँच सात जना युवकले साउन ४ गते राति यौन दुर्व्यवहार गरेको आरोप छ । पीडितका काका दयाराम राउतले जिल्ला प्रहरी कार्यालयमा आरोपित यादव र देवलाई गिरफ्तार गरी घटनामा संलग्न अन्य अपरिचित आरोपितहरूको पहिचान गरी कारबाही गर्न माग गर्दै साउन ५ गते उजुरी दिएका छन् । बिरामी काकीका लागि औषधी किनेर घर फर्किरहेकी बालिकालाई आरोपितहरूले साउन ४ गते राति डर, धाक देखाई राजविराज नपा-५ स्थित एक घरमा पुर्‍याई संवेदनशील अङग छाम्दै अश्लील व्यवहार गरेको पीडितले बताइन् । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis