Incident Reports

उच्च अदालतकी कर्मचारी मृत फेला

2021-07-11

उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन्।कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। धरानबाट कुकुरको टोली ल्याएर घटना अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

..

उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिलाको हत्या नेपाल प्रहरीका असई युवराज बानियाँले गरेको खुलेको छ।त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला(पराजुली) को शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। ‘पक्राउ आरोपीले महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘आरोपी आफूले बलात्कार गरेको चाहिँ स्वीकारेका छैनन् तर हामीलाई उनको कुरामा विश्वास छैन।’

एसपी श्रेष्ठले आरोपी प्रहरी कुन दर्जाका हुन् भन्ने खुलाउन चाहेनन्। ‘पहिला ऊ (आरोपी) प्रहरी थियो,’ एसपी श्रेष्ठले भने, ‘घटनापछि अब उसको दर्जा खुलाइरहनु आवश्यक भएन। म अहिले भन्दिनँ।’ हत्याअघि ती महिलामाथि बलात्कार भए/नभएकोबारे अस्पतालको रिपोर्ट आउन बाँकी छ।

अदालतको बलेंसीमा घोप्टो परेको, कम्मरमुनि लगाएको कपडा करिब घुँडासम्म पुगेको र केही चोटपटकसमेत रहेको अवस्थामा महिलाको शव फेला परेको थियो।

सोधपुछपछि प्रहरीले सोमबार बिहान १० बजेतिरै आरोपीलाई पक्राउ गरेको थियो। दुवैजनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि सार्वजनिक गरिएको थिएन।

दिउँसो धरानस्थित संघीय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर घटना अनुसन्धान गरिएको थियो। चौबीसै घण्टा प्रहरीको सुरक्षा पहरा रहने अदालत छेउमा नेपाली सेनाको टोली पनि बस्छ। घटनास्थलबाट करिब सय मिटरको दूरीमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय छन्।

शव सोमबार नै पोस्टमार्टमका लागि धरान पठाएको प्रहरीले जनाएको छ। पक्राउ बानियाँलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको छ।

यसरी भयो घटना

पत्रकार सम्मेलनमा प्रहरीले घटनाको विस्तृत विवरण बताउन चाहेन। ‘सबै कुरा अनुसन्धान क्रममा छ,’ एसपी श्रेष्ठले पत्रकार भने, ‘आरोपीको बयान हुन्छ, अस्पतालको पनि रिपोर्ट आएपछि मात्र धेरै कुरा खुल्छ।’ तर, प्रहरीले आरोपीसहित घटनाबारे संक्षिप्त विवरण भने सार्वजनिक गरेको छ।

धनकुटाको होलीखर्क–५, घर भएका असई बानियाँको दरबन्दी माइजोगमाई गाउँपालिकास्थित नामसालिङ प्रहरी चौकीमा छ। तर, २ वर्षयता उनी अदालतमा कार्यरत थिए। प्रहरीका अनुसार पराजुली आधा दशकयता अदालतमा करारमा कार्यरत थिइन्। प्रहरीका अनुसार केही समयदेखि बानियाँ र पराजुलीको ‘सम्बन्ध’ थियो। ‘पराजुली र बानियाँबीच लामो समयदेखि सम्बन्ध थियो,’ एसपी श्रेष्ठले भने, ‘आइतबार साँझ चाहिँ महिलाले मोटो रकम बानियाँसँग मागेपछि हत्याको अवस्था आएको बयान आरोपीले दिएका छन्।’

प्रहरीका अनुसार आइतबार साँझ कार्यालय सहयोगी महिला कार्यालयबाट निस्केर पछाडिपट्टि रहेको तरकारी बारीमा गइन्। अदालत भवनकै छेउमा मुख्य न्यायाधीश निवास छ।

तर, केही समययता मुख्य न्यायाधीश छैनन्। निवासको साँचो पराजुलीसँगै थियो। साँझमा निवासभित्र रहेकी पराजुली भएको स्थानमा पछाडिपट्टिको कम्पाउन्ड वालबाट बानियाँ छिरेका हुन्। त्यसपछि रकम लेनदेनको विषयमा झगडा भएपछि आफूले घाँटी थिचेर महिलाको हत्या गरी घिसारेर बाहिर लगी शव फ्याँकेको बयान आरोपीले दिएका छन्। ‘महिलाले लगाएको २ तोलाको सिक्री आरोपी पुरुषकै कोठामा फेला परेको छ,’ एसपी श्रेष्ठले भने, ‘डग स्न्यापिङले पनि यस्तै संकेत गरेको छ।’

आरोपीले आइतबार साँझ नै महिलाको हत्या गरी मुख्य न्यायाधीशको निवासभित्रै शव छाडेको, घटनापछि पुनः फर्केर आई मृत्यु भए/नभएको यकिन गरेर खुट्टामा घिसारेर बाहिर पुर्याएको प्रहरीले जनाएको छ। ‘महिलाले नै निवासमा पसेर पुरुषलाई बोलाएपछि उनी आएको देखिन्छ,’ एसपी श्रेष्ठ भन्छन्, ‘त्यहाँ आएपछि महिलाले पैसा मागेको र नदिए बलात्कारको आरोपमा प्रहरीलाई खबर गर्छु भनेपछि पुरुष तनावमा आएर हत्या गरेको बयान छ।’

हत्या गरिएकी महिलाका १ छोरा, १ छोरी र पति छन्। आरोपी बानियाँ परिवारसँगै इलाममा बस्छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports