Incident Reports

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस – Online Khabar

2021-07-12

Sudurpashchim, Kailali, Dhangadhi

२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ ।नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् ।

धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले नाराबाजी गर्दै जबराको पुत्ला जलाएका हुन् ।सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।अदालतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments