Incident Reports

बुहारी कुटपिटको आरोपमा जेठाजु गिरफ्तार

2014-07-22

Province 1, Khotang, Rupakot Majhuwagadhi

दिक्तेल नगरपालिका-४ की २६ वर्षीया यशोदा खतिवडालाई कुटपिट गरी मरणासन्न बनाएको आरोपमा जेठाजु ३० वर्षीय राजकुमार खतिवडालाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । जेठाजुले बुहारीमाथि साउन ५ गते बेलुकी बलात्कार प्रयास गरेको विषयलाई लिएर साउन ६ गते बिहान छिमेकी भेला बसेको समय जेठाजुले बुहारीमाथि हातपात गरेका थिए । जेठाजुले बुहारीको पेटमा लात्तीले प्रहार गर्दा बुहारी गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । कुटपिट गर्ने जेठाजुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । आरोपितलाई प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी गोविन्दकुमार शाहले बताए । पीडितको स्वास्थ्यमा सुधार आएपछि आरोपित र पीडितबीच आवश्यक छलफल गराइने उनले बताए । पीडित महिलाको पति वैदेशिक रोजगारीमा छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis