Incident Reports

घर निकाला गर्ने पतिविरुद्ध उजुरी l

2014-07-22

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling दिक्तेल नगरपालिका-१५ की ३१ वर्षीया हीरा दर्जीले कुटपिट गरी घर निकाला गर्ने पति ३१ वर्षीय रामबहादुर दर्जीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिएकी छन् । दश वर्षअघि विवाह भएकोमा दिनहुँ शारीरिक तथा मानसिक यातना दिने, खानलाउनबाट वञ्चित गराउने र घर छाडेर नगए ज्यान मार्ने धम्की दिँदै आएको पीडितको भनाइ छ । दुई छोरी र एक छोरालाई समेत बेवास्ता गर्दै पछिल्लो समय असार ३१ गते आफूसहित छोराछोरीलाई घर निकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । पतिले घर निकाला गरेपछि आफू छिमेकीको घरमा ६ दिनअघिदेखि आश्रय लिएर बसेको पीडितले बताइन् । उनले आफू र छोराछोरीको सम्मानित रुपले बाँच्न पाउने अधिकार सुरक्षित गरिदिन माग गरेकी छन् । आरोपितलाई झिकाएर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । आरोपितलाई झिकाउन प्रहरी परिचालन गरिसकिएको उनको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis