Incident Reports

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

2021-07-14

Province 1, Sankhuwasabha, Khandbari, Ward 9

३१ असार, काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

...

किमाथाङ्का । सङ्खुवासभा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको हत्या गरी फरार भएका भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका–४ खाटम्मा घर भइ हाल खाँदबारी–९ बस्ने युवराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

राई कुमालको हत्यापछि फरार भएका थिए । राईलाई शनिबार चैनपुर नगरपालिका–९ पिलुवाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । राईले गत असार ३० गते दिउँसो खुकुरी प्रहार गरेर कुमालको हत्या गरेका थिए । कुमाललाई राईले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports