Incident Reports

पत्नी हत्याका आरोपित पतिसहित तीन जनाविरुद्व उजुरी l

2014-07-22

Province 1, Panchthar, Yangwarak

फलैँचा गाविस-९ का २४ वर्षीया युनुशा भनिने फूलमाया लिम्बूको हत्या गरेको आरोपमा ०७१ साउन ६ गते पति ३१ वर्षीय जोन भनिने कुमार राईसहित तीन जनाविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । घटनाका अन्य आरोपितहरूमा कुमारकी जेठी पत्नी २३ वर्षीया शर्मिला राई र बुबा ६३ वर्षीय मनिकुमार राई रहेका छन् । पीडितका आफन्तले साउन ५ गते आरोपितहरू विरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी उजुरी दिएका थिए । पीडित महिला असार २६ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको लास साउन २ गते सोही गाविस-८ स्थित इवा खोलाको किनारमा स्थानीयले फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालयको टोलीले साउन-३ गते लासको मुचुल्का उठाएको र साउन ४ गते जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरिएको थियो । पति वैदेशिक रोजगारमा रहेका बेला पीडित महिलाले ०७० फागुन २२ गते आरोपित कुमारसँग दोस्रो विवाह गरेकी थिइन् । विवाहपछि भागेर भारतको सिक्किममा बसोबास गर्दै आएका उनीहरूलाई जेठी पत्नी र निजकी आमाले असार २२ गते घर ल्याएका थिए । पीडित महिलाको पूर्व पतितर्फो तीन वर्षीय एक छोरा रहेका छन् भने आरोपित दम्पतीको समेत तीन वर्षीय एक छोरा साथमा छन् । लासमा दाहिने हातसमेत नभएको र घटनाको प्रकृति हेर्दा रहस्यमय भएकाले उजुरी दिएको पीडितका दाजु निलम बेघाले बताए । आरोपित पति र जेठी पत्नीलाई साउन ६ गते गिरफ्तार गरिएको र अन्यलाई समेत चाँडै गिरफ्तार गरी अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पोख्रेलले बताए । मङ्गल बेघा

0 Comments

Related Reports
Related Trend Analysis