Incident Reports

वीपीका लेखा प्रमुखले मदिरा सेवन गरेर डाक्टरलाई धम्की

2021-07-18

Province 1, Sunsari, Dharan

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार १५ गतेको मदिरा काण्ड सेलाउन नपाउदै फेरि सोही प्रकृतिको अर्को घटना दोहोरिएको छ। प्रतिष्ठानकै आर्थिक प्रशासन महशाखा प्रमुख कमल रायमाझीले मदिरा पिएर एक चिकित्सक दम्पत्तिलाई धाकधक्की दिदै भौतिक आक्रमणको प्रयास गरेको भन्दै जुनियर रेजिडेन्टहरु थप आन्दोलित भएका छन्।

जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले रायमाझीलाई कानुनी कारबाही र प्रतिष्ठानबाट पनि जिम्मेवारी मुक्त गर्न माग गरेको छ। माग पुरा नभएसम्म इर्मजेन्सी र कोभिड उपचार सेवाबाहेक सम्पुर्ण सेवाहरु बहिष्कार गर्ने सोसाइटीले घोषणा गरेको छ। विगत ३५ गतेदेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङहरु आन्दोलनमै छन्।

गएको राती रायमाझीले आफ्नो आवाससँगै रहेका डिएम अध्ययनरत डा.विप्लव कार्कीलाई मदिरा पिएर अपशब्द बोल्दै गालीगलौज गरेको र हातपातको प्रयास पनि गरेको आन्दोलित रेजिडेन्टहरुको आरोप छ। ‘डा.विप्लव बस्ने क्वार्टर पनि लिन खोजेको रहेछ। हिजो राती साढे ८ बजेतिर मदिरा सेवन गरेर अचानक क्वार्टरमा पसेर गालीगलौज गर्ने, धम्की दिने, त किन नसर्दैनस् भनेर धम्कीपुर्ण हटाउने व्यवहार गर्नुभयो, त्यो निन्दनिय छ,’सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले भने,‘यस्तो व्यक्तिलाई जिम्मेवारीमा राख्न हुदैन, आन्तरिकरुपमा कारबाही हुनुपर्छ, र कानुनी कारबाही गराउन जाहेरी दिएका हौं। आन्तरिकरुपमा कारबाही भएर जिम्मेवारीमुक्त नगरेसम्म थप आन्दोलनको घोषणा गरेका हौं।’

पीडित भनिएका डा.कार्कीले उक्त घटनाविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी पनि दिएका छन्। तर, जाहेरी दर्ता भइसकेको छैन।उनले आफु डिउटीमा जान लागेको बेला हात समातेर गालीगलौज गर्न थालेपछि रायमाझीको श्रीमतिले तानेर लगेको र आफुलाई आक्रमण हुनबाट जोगाएको जाहेरीमा उल्लेख गरेका छन्। यो घटना बाहिरिए पछि आइतबार राती अबेरसम्म प्रतिष्ठानका डाक्टर तथा विद्यार्थीहरुले रायमाझीको क्र्वाटरमा घेराउ गरेका थिए। प्रहरीलाई रायमाझीको मापसे जाँच गर्न डाक्टरहरुले दबाब दिए पनि उनी भने फरार भइसकेका थिए।

रायमाझीले आफ्नो परिवारलाई क्वार्टर साँघुरो भएको भन्दै डा.विप्लवको परिवार बस्ने क्वार्टर पनि लिन चाहेका थिए। त्यसको लागि रायमाझीले डाक्टरको परिवारलाई एस टाइपमा सार्न भनेर कोठा पनि खोजेका थिए भने प्रशासनबाट एक साताभित्र सर्न भनेर पत्राचार समेत गराएका थिए। तर, डा.विप्लवले तत्काल नसर्ने अडान लिएपछि उनीहरुबीच विवाद भएको थियो। सोही क्रममा आइतबार रातीको घटना भएको हो।

आरोपित रायमाझीले भने मदिरा पिएर आफुले गालीगलौज, धाकधम्की नदिएको दाबी गरेका छन्। क्वार्टरको बिषयमा लामो समयदेखि डाक्टर परिवारसँग सल्लाह भएको र एस टाइपमा कोठा खाली भएपछि सार्न तयारी हुँदा डाक्टर कार्कीले नमानेको बताए। उनले भने,‘सल्लाह गरेर नै कोठा सार्ने तयारी थियो। तर, उहाँले चाबी र पत्र फर्काइदिनु भएछ। त्यही बिषयमा मैले पहिला नै सर्दिन भनेको भए हुने, बोलेको कुरा पनि पुरा नगर्ने भनेर वादविवाद गरेको हुँ। मदिरा सेवन गरेर गालीगलौज गरेको होइन।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports