Incident Reports

एमाले बैठकस्थल अगाडि प्रदर्शन : जनमतको अपमान बन्द गर

2021-07-19

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कारबाही माग गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ।सोमबार एमालेको केन्द्रीय कमिटी बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल अगाडि अखिलले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थी नेता कार्यकर्ताहरुले जनताले सूर्यमा भोट दिएर जिताएर पठाएका सांसदले संसद्‌मा रुखमा भोट दिएकाले कारबाही गर्नुपर्ने माग गरे।

उनीहरूले ‘जनमतको अपमान बन्द गर’, ‘भष्ट्राचारीहरुलाई एमाले पार्टी बहिष्कार गर’, ‘व्यापारी र तस्करलाई चुनावमा टिकट दिन बन्द गर’ लगायतका नारा देखिएको ब्यानर र प्लेकार्ड बोकेको थिए।

आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा एमालेका २२ सांसदले उनलाई विश्वासको मत दिएका थिए। यसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ र अध्यक्ष केपी शर्मा ओली पक्षका ८ सांसद छन्।

एमालेको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments