Incident Reports

घरेलुहिंसाका आरापितहरू धरौटीमा रिहा l

2014-07-21

Narayan Parajuli रामग्राम नपा-३ का २५ वर्षीया लक्ष्मी भरलाई कुटपिट गरेको आरोपमा हिरासतमा रहेका सासु ५५ वर्षीया वसन्ती भर, देवर भागवत भर र जेठाजु धर्मराज भरलाई जिल्ला प्रशासन कार्यालयको आदेशमा साउन ५ गते धरौटीमा रिहा गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको आदेशमा आरोपितहरूलाई जनही ५/५ हजार धरौटीमा रिहा गरिएको हो । आरोपितहरूले ०७१ असार २१ गते लक्ष्मी भरलाई तीनै जनाले कुटपिट गरी घाइते बनाएको भन्दै ०७१ पीडितले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । प्रहरीले आरोपितहरूलाई असार २४ गते गिरफ्तार गरी सार्वजनिक अपराध अर्न्तर्गत मुद्दा चलाएकोमा साउन ५ गते जिल्ला प्रशासन कार्यालयमा पेश गरेकोमा धरौटीमा रिहा भएका हुन् ।

0 Comments

Related Reports
Related Trend Analysis