Incident Reports

धनगढीमा प्रेम आले र लक्ष्मी चौधरीको विरोधमा युवा संघको प्रर्दशन – Online Khabar

2021-07-20

Sudurpashchim, Kailali, Dhangadhi

५ साउन, धनगढी । धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ ।

धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले र चौधरीसहित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । सो क्रममा परमादेशबाट बनेको सरकार होसियार जस्ता नारा पनि उनीहरुले लगाएका थिए ।

एमालेमा ओलीकै खेमामा रहेका आले र चौधरीले संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदै माधव नेपालको पक्षमा उभिएका थिए । युवा संघले उनीहरुलाई अवसरका मतियार भएको आरोप समेत लगाएको छ ।तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले आलेलाई पहिलो पटक संसद विघटन गर्दा वन तथा वातावरण मन्त्री बनाएका थिए । दोस्रो पटकको संसद विघटनपछि पदमुक्त भएका उनी ओलीसँग रुष्ट थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments