Incident Reports

बहुविवाहका आरोपित धरौटीमा रिहा l

2014-07-22

थाहा नपा-११ बज्रवराहीका ३२ वर्षीय हिराबहादुर थोकरलाई बहुविवाह गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले धरौटी लिई तारेखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश बासुदेव पौडेलको ०७१ साउन ६ गते बसेको इजलाशले थोकरलाई ५० हजार रूपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो । आरोपित थोकर जिल्ला अदालतको आदेशअनुसार धरौटी राखी तारेखमा रिहा भएका छन् । २२ वर्षीय जेठी पत्नी सम्झना गोलेले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पालुङले थोकरलाई साउन २ गते गिरफ्तार गरेको थियो । आरोपित थोकरको कान्छी पत्नी फरार छिन् । आरोपित थोकरले आग्रा गाविस की १८ वर्षीय फुलमाया थिङसँग गत जेठ १८ गते दोस्रो विवाह गरेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis