Incident Reports

कांग्रेसमा क्रियाशिल सदस्यता विवादः पार्टी कार्यालयमा धर्नाको विरुद्ध धर्ना – देशसञ्चार

2021-07-22

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ– महाधिवेशनको प्रक्रिया सुरु हुन ६ दिन मात्रै बाँकी रहँदा कांग्रेसको क्रियाशिल सदस्यता विवाद उत्कर्षमा पुगेको छ। क्रियाशिल सदस्यता छानबिन समितिले लगभग सबै ठाउँको क्रियाशिल सदस्यता छानबिनको काम सकेको भने पनि प्रदेश २ को बारा र सप्तरीको विवाद पार्टी केन्द्रीय कार्यालयमा छरपष्ट भएको छ।छानबिन समितिले दुवै जिल्लाको विवादमा हातै नहाली केन्द्रीय कार्यसमितिमै फिर्ता गरेपछि संस्थापन र इतर पक्ष आ–आफ्ना माग लिएर पार्टी कार्यालय सानेपामा धर्ना बसेका हुन्।

१२ दिनदेखि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले जिल्लाबाट जथाभावी आएका क्रियाशिल सदस्यतालाई मान्यता दिन नहुने माग राख्दै धर्ना बस्दै आएको छ। बिहीबारदेखि भने संस्थापन पक्षले जिल्लाबाट सिफारिस भएर आएका सबै नामलाई अनुमोदन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालयमै काउण्टर धर्ना सुरु गरेको छ।

जिल्लाबाट आएका सिफारिसलाई अनुमोदन गर्न नहुने माग राख्दै पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव ६ दिनदेखि धर्नामा बसेका छन्।

पौडेल पक्षका बाराका नेता रामानन्द प्रसाद यादवले संस्थापन पक्षमा रहेका जिल्ला सभापति जयचन्द्र चौरसियाले मनलागी रुपमा क्रियाशिल सदस्यता पठाएकाले त्यसको विरुद्धमा आफूहरु केन्द्रीय कार्यालयमै धर्ना बस्न बाध्य भएको बताए।

बारामा १३औँ महाधिवेशनमा सात हजार ९ सय ३७ जना क्रियाशिल सदस्यता रहेकोमा अहिले पाँच हजारले मात्रै नविकरण गरेका छन्। आफूले नविकरण बराबर नै नयाँ क्रियाशिल पठाए पनि विवाद झिकेकाले आफू पनि त्यसका विरुद्धमा धर्नामा बस्न आएको बारा जिल्ला कार्यसमितिका सभापति जयचन्द्र चौरासियाले बताए।

इतर पक्षसँग आमुन्ने सामुन्ने हुने गरी पार्टी कार्यालय सानेपामा टेण्ट टाँगेर बसेका चौरसियाले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताए।

आफ्नो पक्षबाट क्रियाशिल सदस्यता बाँड्दा केही कमजोरी भए पनि अधिकार नै नभएको विषयमा बाहिरबाट थप सदस्यता बुझ्ने अधिकार छानबिन समितिलाई नभएको उनको जिकिर थियो।

त्यस्तै सप्तरीमा पनि संस्थापन पक्षले मनलागी आफ्नो बहुमत हुने गरी क्रियाशिल बाँडेको इतर समूहका नेता लक्ष्मण रायले आरोप लगाए। उनले संस्थापन पक्षमा रहेका जिल्ला सभापति नागेन्द्र रायले न्युनतम् प्रक्रियासमेत पूरा नगरी गैरकांग्रेसलाई बाहुबलको आधारमा क्रियाशिल सदस्यता दिएको गुनासो गरे।

१३औँ महाधिवेशनमा सप्तरीमा ७ हजार तीन सय ६० क्रियाशिल सदस्यता रहेकोमा अहिले पुरानो अधिकांश नविकरण गरेर थप्न पाइने भन्दा झण्डै पाँच हजार क्रियाशिल बढी पठाइएको बताए। जिल्ला सभापति नागेन्द्रले आफूखुशी अतिरिक्त चार हजार ९ सय ४६ जना बढीलाई क्रियाशिल दिएको संस्थापन इतर पक्षको दाबी छ।

क्रियाशिल सदस्यता वितरणमा मनलागी भएको भन्दै विरोधमा अमरेशकुमार सिंहले बुधबार सभापित देउवालाई सांसद पदबाट राजीनामा बुझाएका छन्। उनले डन, तस्कर र दलाललाई क्रियाशिल सदस्यता दिएर कांग्रेसका सच्चा कार्यकर्तालाई अल्पमतमा पार्न खोजेको आरोप लगाएका छन्।

१४औँ महाधिवेशनका लागि कांग्रेसले शत प्रतिशत क्रियाशिल सदस्यता थप्ने नीति लिएको छ।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया साउन १२ गतेदेखि सुरु हुने भए पनि ६ दिन बाँकी रहँदासमेत क्रियाशिल सदस्यता विवाद टुंगिएको छैन। पूर्व निर्धारित कार्यतालिका अुनसार उक्त दिन देशभरका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन हुनेछ।

पार्टी सरकारमा गएको र क्रियाशिल सदस्यतासमेत नटुंगिएकाले केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्ला तहको अधिवशेन सार्ने विषयमा कांग्रेसले छलफल थालेको छ।

शुक्रबार सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। उक्त बैठकले क्रियाशिल विवाद र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय गर्न सक्ने बताइएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments