Incident Reports

पैसा नतिरेको भन्दै अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ 

2021-07-23

Province 1, Sunsari, Itahari, Ward 8

अपहरण गरी एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का २५ वर्षीय संगित थापा, सोही वडाका १९ वर्षीय अनिष कार्की र वडा नम्बर ८ का २३ वर्षीय सिद्धार्थ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

घटनाअनुसार शुक्रबार बिहान वडा नम्बर ८ फूलबारी टोलको प्लटिङमा इटहरी–४ का निर्मल श्रेष्ठलाई घरबाट नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी ल्याई कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । आँखामा पट्टी बाधेर कुटपिट गर्दै गरेको प्रहरीमा सूचना पुगेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली परिचालन गरिएको थियो । प्रहरी अनुसन्धानबाट घटना पैसाको लेनदेनको कारण भएको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार संगीत थापाको पैसा चलाएको र पछि फिर्ता नदिएपछि तीनजना मिलेर अपहरण गरी कुटपिट गरेको खुलेको छ ।

डिएसपी केसीका अनुसार श्रेष्ठलाई बुधबार  दिउँसो इटहरी–९ भोजपुरे टोलबाट सिटी सफारीमा हालेर संगीत थापाको घरमा लगी रातभर उम्कन नदिई आँखामा पट्टी लगाई कोठाभित्र थुनी राखेका थिए । शुक्रबार बिहान उक्त स्थानबाट फूलबारी टोलमा लगेर निर्घात कुटपिट गरेको पीडित श्रेष्ठले प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले आँखामा बाँधिएको पट्टी बरामद गरेको छ ।

अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports