Incident Reports

फुटबल विवादमा मोरङमा युवकको हत्या, दुईजना पक्राउ – Online Khabar

2021-07-26

Province 1, Morang, Uralabari, Ward 8

११ साउन, विराटनगर । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङमा एक युवकको हत्या भएको छ । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार भएको विवादलाई लिएर सोमबार चौधरीमाथि छुरा प्रहार भएको थियो ।

सोमबर दिउँसो १:१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरुले अभिषेकमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार र आक्रमणबाट अभिषेसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो । आइतबार नै मिलेको विवादमा भोलिपल्ट अर्को पक्षका किशोरको हत्या गरेको प्रहरीले बताएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports