Incident Reports

दुधे बालकहरुलाई उपस्थित गराउन अदालतको आदेश l

2014-07-23

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokhrel डाँढा गाविस-५ का अढाई वर्षीय बेलाल र १ वर्ष ४ महिनाको अलतमसलाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन उनका बुवा २७ वर्षीय इनुस मियाँका नाममा जिल्ला अदालतले साउन ७ गते आदेश दिएको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशमा बालकहरुलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएपछि साउन ७ गते नै आदेशको उतार प्रतिलिपीसहित आरोपितका नाममा पत्र पठाइएको अधिवक्ता भोजराज शर्माले बताए । बालकहरूकी आमा २४ वर्षीया आविदा खातुनले पतिसहित ससुरा ४८ वर्षीय कुदुस मियाँ, सासु ४० वर्षीया रोजीदन खातुन र सासुकी आमा ६५ वर्षीया मजिदन खातुनले दुधेबालक खोसी घरनिकाला गरेको भन्दै जिल्ला अदालतमा साउन ६ गते घरेलु हिंसा मुद्दा दर्ता गरेकी थिइन् ।

0 Comments

Related Reports
Related Trend Analysis